काठमाडौं । आज तिनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आ।ब। २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ ।
यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने भएको छ ।
बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।








प्रतिक्रिया