Logo

समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ ।
मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो । 
गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ३४ बजे