काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् ।
नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उनले शासक र शासन व्यवस्थाविरुद्ध हुने जनप्रतिरोधका स्वरूप फरक–फरक हुने उल्लेख गर्दै त्यसलाई सोही अनुसार बुझ्नुपर्ने धारणा राखे ।
प्याकुरेलले भने, ‘जुनसुकै आन्दोलनलाई हामीले एउटै रूपमा हेर्नु हुँदैन । शासक र शासन पद्धतिभित्र हुने प्रतिरोध तथा जनताको प्रतिरोध फरक–फरक हुन्छ, त्यसलाई हामीले फरक ढंगले बुझ्नुपर्छ ।’
उनले वर्तमान अवस्थामा नागरिक स्वतन्त्रता खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे । आफ्ना विचार खुला रूपमा राख्न नसक्ने अवस्था सिर्जना हुनु र राज्यका सुरक्षा संयन्त्रप्रति नागरिकको विश्वास कमजोर हुनु त्रासपूर्ण स्थिति भएको उनको भनाइ थियो ।
उनले भने, ‘जब हामी आफ्नो कुरा खुला रूपमा भन्न सक्दैनौं, जब राज्यका सुरक्षा संयन्त्रले नागरिकलाई सुरक्षा दिन सक्दैनन् भन्ने महसुस हुन्छ र जनताले नै आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने अवस्था आउँछ, त्यो त्रासको अवस्था हो । अहिले शासक र जनता दुवै त्रासमा छन् ।’








प्रतिक्रिया