Logo

मुख्य समाचार

राष्ट्रिय समाचार समितिको कार्यालय परिसरमा सरसफाइ



काठमाडौं । हिजो(सोमबार)देखि जेठ १ सम्म सरकारले सुरु गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अन्तर्गत काठमाडौं बद्रकालीमा रहेको राष्ट्रिय समाचार समिति(रासस)कार्यालय परिसरमा कर्मचारीहरुले सरसफाइ गरेका छन् । 
संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा जारी राखिएको सरसफाइ सप्ताहमा राससका कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो कार्यालय परिसरमा अभियान संचालन गरेको राससका महाप्रवन्धक सन्दीप राईले जानकारी दिए ।
महाप्रवन्धक राईको नेतृत्वमा कार्यालय परिसरमा सरसफाइ अभियान संचालन गरिएको हो । सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ४६ बजे