Logo

राजनीति

प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलहरूको अवरोध



काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् । 

सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् । 

विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ३४ बजे