Logo

मुख्य समाचार

रिब १४८ किलो गाँजासहित दुईजना पक्राउ



काठमाडौं । सुनसरीमा रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ८ : ४५ बजे