Logo

Breaking News 1

विश्वभर प्रेस स्वतन्त्रता र हाँसो दिवस मनाइँदै



काठमाडौं । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।

त्यस्तै, आज विश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ५५ बजे