Logo

मुख्य समाचार

सरकारको पछिल्लो कदमविरुद्ध विपक्षी दलहरूको बैठक जारी



काठमाडौं — सरकारको पछिल्लो कदमको विरोधमा विपक्षी दलहरू पुनः छलफलमा जुटेका छन्। संसद् छलेर अध्यादेश ल्याएको, देशभरका सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरिएको तथा महंगी अत्यधिक बढेको विषयमा असन्तुष्टि जनाउँदै उनीहरू बिहीबार पनि बैठकमा बसेका हुन्।

यसअघि वैशाख १६ गते बसेको विपक्षी दलहरूको बैठकले सरकारले जारी गरेको अध्यादेशको विरोध गर्दै राष्ट्रपतिलाई उक्त अध्यादेश जारी नगर्न सुझाव दिएको थियो।

आजको बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी रहेको छ। बैठकबारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारका निर्णयहरूबारे साझा धारणा बनाउने प्रयास भइरहेको बताए।

यसैबीच, श्रम संस्कृति पार्टी भने आजको बैठकमा पनि सहभागी भएको छैन।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ११ : ५८ बजे