Logo

धर्म / संस्कृति

कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु (तस्विरहरु)


११ बैशाख २०८३, शुक्रबार  

184
Shares

कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ। मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन्।

पछिल्लो समय हिमशृङ्खलाको मनोरम दृश्यसँगै धार्मिक आस्था र पर्यटनको संगमस्थल बनेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पनि बाक्लिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : १० बजे