Logo

मुख्य समाचार

ट्राफिक नियम उल्लंघनः सभामुख अर्यालसहित चार सवारीमाथि कारबाही



काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन्।
प्रहरी स्रोतका अनुसार, अर्याल सवार सवारीले काठमाडौंको थापाथली चोकमा लेन मिच्दै ट्राफिक नियम उल्लंघन गरेको पाइएको हो। उक्त सवारी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतले सभामुख सवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा सवारीसमेत कारबाहीमा परेको पुष्टि गरेको छ।
प्रहरीका अनुसार, भीभीआईपी सवारीलाई घटनास्थलमै रोक्न सम्भव नभएकाले सिंहदरबार परिसरमै पुगेर चिट काटिएको हो।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने नीति अनुरूप कारबाही गरिएको जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १ : १९ बजे