Logo

मुख्य समाचार

२ सय २५ केजी गाँजासहित २ जना पक्राउ



विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार–पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बाँसको झाकमुनी प्लास्टिकका ९ वटा बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा २ सय २५ किलोग्राम गाँजा बरामद गरेको हो ।
सोही क्रममा बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गाँजा सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ३० बजे