काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ । महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो ।
तर उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो ।
महासंघको बीसौं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ ।









प्रतिक्रिया