काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ स्थित प्रहरी प्रभाग बूढानीलकण्ठको परिसरभित्र पूर्णनिर्माण सम्पन्न भएको दुर्गा भगवती मन्दिर र प्रहरी प्रभाग बूढानीलकण्ठ लेखिएको कलात्मक पर्खाल एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ ।
समुद्घाटन समारोहको प्रमुख आतिथ्यता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले गरेका थिए । धार्मिक आस्था र प्रहरी–नागरिक सम्बन्ध मन्दिरको समुद्घाटन गर्दै एआईजी कार्कीले प्रहरी परिसरभित्र रहेको मन्दिरको निर्माणले प्रहरी कर्मचारीहरूमा आध्यात्मिक ऊर्जा भर्ने र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले यस्ता आध्यात्मिक संरचनाले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्दिर निर्माण समितिका संयोजक सरोज श्रेष्ठ उपस्थित थिए । बूढानीलकण्ठ नगरपालिकाका वडा नं. २, ३, ५, ६, ७ र १३ का वडा अध्यक्षहरूले कार्यक्रममा ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रममा प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नवराज पोखरेल, प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक योगराज सुवेदी, ट्राफिक प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी निरीक्षक कौशल न्यौपाने, कार्यालय प्रमुख प्रहरी निरीक्षक नारायण सिंह विष्टलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया