Logo

Breaking News 1

आज सङ्घीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने


२७ चैत्र २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । सङ्घीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

हरेक वर्षको बजेट अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा रहेको छ, जसमा सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराइन्छ ।

आजको सम्बोधनमार्फत सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ३९ बजे