Logo

Breaking News 1

महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो



जनकपुर । महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते र मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराए अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ का २० वर्षिय रवी दास, सोही स्थानका २० वर्षिय सुवास दास र उमेर नखुलेको महोत्तरीको एकडाडा गाउँपालिका वडा नं. ३ का अभिषेक मण्डल रहेका छन् ।

त्यस्तै, घाईते हुनेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलीका १९ वर्षिय रोहित दास, सोही स्थानका १९ वर्षिय अभय कापर र एकडाडा गाउ पालिका गेना बथनाहाका २० वर्षिय अजय ठाकुर रहेका छन् । उनीहरुको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान भएको उक्त दुर्घटना लगत्तै दुबै मोटरसाईकलमा आगो लागेको थियो । तीनै जना मृतक जलेको अवस्थामा बीच सडकमै फेला परेका थिए । घटना कसरी भयो भन्ने यकीन हुन सकेको छैन। मोटरसाईकल आगोले पूर्ण रुपमा क्षती भएका कारण मोटरसाईकलको नम्बर पनि खुल्न सकेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : ५८ बजे