काठमाडौं । बूढानीलकण्ठ–१३, चुनिखेलमा रहेको रिभरसाइड स्पोर्टसअन्तर्गत किड्स स्विमिङ पुल आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
उक्त स्विमिङ पुलको उद्घाटन प्रमुख अतिथि न्यूरोसर्जन डा. रामकुमार श्रेष्ठ तथा विशेष अतिथि वडाअध्यक्ष टिकेश नारायण श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा बुढानीलकण्ठ–१३ का विभिन्न समाजसेवी तथा स्थानीयको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । रिभर साइडले स्पोर्टसले बालबालिकालाई लक्षित गर्दै सुरक्षित र रमाइलो वातावरणमा स्विमिङ सिक्न मिल्ने गरी स्विमिङ पुल निर्माण गरेको जानकारी दिएको छ ।
स्थानीय बासिन्दाहरूले यस्तो किसिमको पूर्वाधारले बालबालिकाको शारीरिक विकास, खेल तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।










प्रतिक्रिया