Logo

Breaking News 1

यूएईमा घाइते भएका सात नेपालीमध्ये उपचारपछि दुईजना डिस्चार्ज



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा घाइते भएका सात नेपालीमध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।

ड्रोनको भग्नावशेष खस्दा घाइते अरू चार नेपाली पनि डिस्चार्ज हुने क्रममा रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

घाइते सात नेपालीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइए पनि उनी खतरामुक्त छन् ।

अजबन क्षेत्रमा भएको घटनामा पाँच भारतीय पनि घाइते भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : १४ बजे