Logo

मुख्य समाचार

मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन


२० चैत्र २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन गरेका छन् । अवलोकन गर्दै ती निकायको कार्यसम्पादनबारे जानकारी लिएका छन् ।
पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउन आवश्यक व्यवस्था गर्न निर्देशन दिनुका साथै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा पढाइ सुरु नहुनुमा देखिएका कानुनी अड्चन फुकाउन आवश्यक समन्वय गर्न निर्देशन दिए ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ४३ बजे