Logo

राजनीति

गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् । बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् ।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए ।
गृहमन्त्री बनेसँगै गुरुङ प्रहरी भवनहरुको निरीक्षण गरीरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : १३ बजे