काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।










प्रतिक्रिया