काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार अदालतले दुवै जनालाई समान रूपमा पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई सोही दिन म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो । प्रहरीले दुवैलाई १० दिन थुनामा राख्न माग गर्दै इजलाससमक्ष निवेदन पेश गरेको थियो ।
भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनुवाइका क्रममा ओली स्वास्थ्य समस्याका कारण शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकाले ‘भर्चुअल’ माध्यमबाट इजलासमा उपस्थित भएका थिए भने लेखक भने इजलासमै उपस्थित भएका थिए ।
१५ चैत्र २०८२, आइतबार
230
Shares









प्रतिक्रिया