Logo

धर्म / संस्कृति

आज कामदा एकादशी व्रत गरिँदै



काठमाडौं । आज कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।

चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।

कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख छ ।

यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ५७ बजे