Logo

समाचार

विद्यार्थीका हक अधिकारका पक्षमा उभिन आह्वान



भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिले विद्यार्थीका समस्या उठाउने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्दै चुप लागेर बस्न नहुने बताएका छन् ।

उनले फेसबुक स्ट्याटस लेख्दै विद्यार्थीहरू आफ्ना विभिन्न समस्या लिएर स्ववियु समक्ष आउने गरेका छन् । यस्तो अवस्थामा उनीहरूलाई अन्यत्र पठाएर पन्छिने होइन, उनीहरूको आवाज बनेर अगाडि बढ्नु नै आफ्नो दायित्व भएको उनले बताए ।

हालै सार्वजनिक गरिएको योजनाको सूचीको ८६ नम्बर बुँदामा गरिएको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले विश्वविद्यालयहरूमा शिक्षा, शुल्क, संरचना र अवसर सम्बन्धी अनेकौँ जटिल समस्या रहेको उल्लेख गरेका छन् । तर सरकारको ध्यान भने संविधानले दिएको अधिकारलाई नै कुण्ठित गर्ने दिशातर्फ गएको धारणा राखेका छन् । 

विद्यार्थी संगठन र राजनीतिक दलबिचको सम्बन्धबारे बहस हुन सक्ने भए पनि विचारमा संगठित हुन पाउने संवैधानिक अधिकार कुनै हालतमा खोस्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ३८ बजे