काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् ।
पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा उपस्थित भएनन् ।
१३ चैत्र २०८२, शुक्रबार
92
Shares









प्रतिक्रिया