काठमाडौं । रक्सौल–काठमाडौं नयाँ रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। भारतको रेल मन्त्रालयले ‘फाइनल लोकेसन सर्भे’ सम्पन्न गरेपछि डीपीआर तयार पारिएको भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेस ले जनाएको छ।भारतीय रेलमन्त्री अश्विनी वैष्णवले सन् २०२६ मार्च २० मा भारतको माथिल्लो सदन राज्यसभामा दिएको लिखित जवाफमा उक्त जानकारी दिएका हुन्।उनका अनुसार करिब १३६ किलोमिटर लामो प्रस्तावित रेलमार्गले भारतको रक्सौललाई नेपालको काठमाडौंसँग जोड्नेछ। यस परियोजनाले दुई देशबीचको आवागमन सहज बनाउनुका साथै व्यापार, पर्यटन र समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।नेपाल र भारतबीच सन् २०१८ अप्रिल ७ मा जारी संयुक्त विज्ञप्तिमार्फत रेल सञ्जाल विस्तार गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माण गर्ने योजना अघि बढाइएको हो।परियोजनाको लागत भारत सरकारले व्यहोर्ने बताइएको छ। मन्त्री वैष्णवले राज्यसभामा दिएको जवाफमा रक्सौल हालको रेल सञ्जालसँग राम्रोसँग जोडिएको र काठमाडौंस्थित पशुपतिनाथ धामसम्म पहुँच विस्तार गर्न उक्त रेलमार्ग महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
११ चैत्र २०८२, बुधबार
0
Shares









प्रतिक्रिया