Logo

मुख्य समाचार

आजको मौसम : पहाडी र हिमाली भुभागकाे स्थानमा केही हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपात भैरहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लु्म्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भुभागमा आँशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भुभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ६ : ४७ बजे