Logo

समाचार

डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु



काठमाडौं । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो ।
जीप मृतक सुबोध रोकायाले चलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ३६ बजे