Logo

समाचार

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान



काठमाडौं । सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।
उनीहरुले १७ वर्षीया इनिशा विकको न्यायका लागि महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर ,पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दिने कानुन बनाउ लेखिएको ब्यानर प्रदर्शनगरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन् ।
उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : १३ बजे