काठमाडौं । गोपालमान श्रेष्ठले गगन थापालाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र एकता र रूपान्तरणको आवश्यकता रहेकाे बताएका छन् । उनले हालै सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
श्रेष्ठले देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको उल्लेख गर्दै गगन थापाको नेतृत्वले पार्टीभित्र आशा र दिशानिर्देश दिएको बताए । उनका अनुसार निर्वाचन परिणामले कांग्रेसकाे समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपान्तरण गर्न स्पष्ट सन्देश दिएको छ ।
उनले यो परिणामलाई केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताए । श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्ताहरूलाई अझ दृढ बनाएको उनले उल्लेख गरे । उनले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने भन्दै सबै कांग्रेसीजन एकढिक्का भएर साथ दिनुपर्ने धारणा व्यक्त गरे ।
गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्तालाई अझ दृढ बनाएको उनले उल्लेख गरे ।










प्रतिक्रिया