Logo

Breaking News 1

सिन्धसपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित


२५ फाल्गुन २०८२, सोमबार  

161
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धसपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरतप्रसाद पराजुली निर्वाचित भएका छन् ।

उनले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार माधव सापकोटाले १७ हजार ३ सय २७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ३० हजार ४ सय ८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ०९ बजे