बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन् ।
बाजुराको हिमाली,खप्तड छेडेदह, स्वामिकार्तिक, बुढिनन्दा,जगन्नाथ, बुढीगंगा ,गौमुल र जगन्नाथको मतगणना सकिदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा १५ हजार १८४ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले १४ हजार २९८ मतका साथ ८८६ मतले पछि छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ५ हजार ४७ मतले तेस्रो स्थानमा छन् ।
नेकपाका प्रकाश बहादुर शाहले २ हजार ९३४ मत ल्याएका छन् । त्यस्तै क्रमशस्केशर शाहीले हलो चिन्हमा ३२३,दिपक डिसिले आँखा चिन्हमा ९५ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३१३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ६६ मत पाएका छन् ।
अन्य सबै पालिकाको मत गणना सकिसकेको छ । भने बडीमालिका नगरपालिकाको गणना हुँदै छ।बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २३२ मत खसको हो । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।










प्रतिक्रिया