Logo

Breaking News 1

झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

115
Shares

झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।

सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।

झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२, नेकपाका रञ्जित तामाङले ६१ र श्रम संस्कृति पार्टीका शिवन मगरले १४९ मत प्राप्त गरेका छन्।

झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको थियो । त्यस्तै, झापा क्षेत्र नं. २ मा पनि रास्वपाकी उम्मेदवार इन्दिरा राणा मगरले सुरुवाती अग्रता लिएकी छन् ।

२४१२ मत गणना हुँदा निवर्तमान उपसभामुखसमेत रहेकी उनले १५९९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले २७५ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ५६ बजे