Logo

मुख्य समाचार

हात्तीको आक्रमणमा एकजनाको मृत्यु


२२ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

बेलबारी (मोरङ) । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो ।

बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४९ बजे