Logo

मनोरञ्जन

बिनोद बजुराली र संगिता बडुवालको नयाँ गीत ‘गुण्डा कि डाँका’ बजारमा



काठमाडौं । समसामयिक गीत–संगीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका सुदूरपश्चिमेली लोकगायक तथा संगीतकार बिनोद बजुरालीको नयाँ गीत ‘गुण्डा कि डाँका’ सावर्जनिक भएको छ ।

देउडा गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका बजुराली पछिल्लो समय विभिन्न लय, शब्द र शैली प्रयोग गर्दै निरन्तर चर्चामा रहँदै आएका छन् ।

समय सान्दर्भिक र सामाजीक यर्थाथसँग जोडिएका गीत बजारमा ल्याउने कलाकारका रूपमा चिनिएका बिनोद बजुरालीका ‘दश बज्या राती’, ‘घर मेरो प्रदेश न सात’, ‘भिरको घाँस काट्न सक्छेउर’, ‘आईगायो भाई टिका’, ‘तिहार गाईका गोठ’, ‘नलपराल हियारै जलाउन्या रैछ पियार’ लगायतका गीतहरू अत्यन्तै लोकप्रिय छन् ।

यसै क्रमलाई निरन्तरता दिँदै उनले यसपटक फरक स्वाद र प्रस्तुतिसहित ‘गुण्डा कि डाँका’ गीत सार्वजनिक गरेका हुन् । गीतमा बिनोद बजुरालीसँगै संगिता बडुवालको पनि स्वर रहेको छ ।

मालाश्री स्टुडियोमा रेकर्डिङ भएको यस गीतको शब्द, संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ उनि स्वयंलेनै गरेका हुन् भने रेकर्डिङको जिम्मेवारी सागर बजुरालीले सम्हालेका छन् । गीतको भिडियो निर्देशन मञ्जुश्री नेपालीले गरेकी छन् ।

भिडियोमा बिनोद बजुराली, संगिता बडुवाल, टेक बिष्ट र पर्वत बीकेको अभिनय देख्न सकिन्छ । गीत र भिडियोले फरक कथावस्तु र प्रस्तुति मार्फत दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

लोकगीतको मौलिकतालाई जोगाउँदै नयाँ प्रयोगमा समेत सक्रिय बिनोद बजुरालीको यो प्रयासले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ । ‘गुण्डा कि डाँका’ गीतले नेपाली लोकसंगीतमा नयाँ रंग थप्ने कलाकार तथा संगीतप्रेमीको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : २७ बजे