बाँके । सिद्धार्थ कटेज नेपालगञ्जले यो वर्ष चौथो पटक मःमः फेस्टिभल आयोजना गर्न लागेको छ । सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगञ्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्ध निर्देशक केशव न्यौपानेका अनुसार यस वर्षको चौथो मःमः फेस्टिभलमा २०० भन्दा बढी प्रकारका मःमः समावेश गरिनेछ ।
उनका अनुसार उक्त फेस्टिभलले स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न खाद्य परिकारहरूको प्रवर्द्धन गर्ने छ ।
उनले भने, ‘याे पटक हामिले नेपालगञ्जमा चाैथाे मःमः फेस्टिभल आयोजना गर्दै छाैं । याे वर्षको चौथो मःमः फेस्टिभलमा २०० भन्दा बढी प्रकारका मःमः समावेश गरिनेछ । याे सँगै विभिन्न कल्चरका खानाहरू पस्किने छाैं । फेस्टिभलले स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न खाद्य परिकारहरूको प्रवर्द्धन गर्ने विश्वास लिएका छाैं ।’











प्रतिक्रिया