Logo

राजनीति

निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके



काठमाडौं। नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् ।

बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । बद्लिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसक्नुभएको छ ।’

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ६ : ५५ बजे