काठमाडौं। प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ।
बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे सुरु भएको सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरू पारित गरेको छ। सभाले बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि अनुमोदन गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका थिए।
हाल प्रभु बैंकले देशभर ३१२ वटा शाखा कार्यालय, ६८ वटा एक्स्टेन्सन काउण्टर र २६९ वटा एटिएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
वार्षिक साधारण सभाको अवसरमा बैंकले शेयरधनी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।











प्रतिक्रिया