काठमाडौं। बंगलादेशमा राजनीतिक हिंसा थप चर्किएको छ । नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । घटना खुलनाको सोनाडांगा क्षेत्रमा आयोजित एक र्यालीका क्रममा भएको हो ।
प्रहरीका अनुसार सिकदरको टाउकोको बायाँ भागमा गोली लागेको छ । उनलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । आक्रमण ‘गलत तत्त्व’ले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यो घटना १० दिनअघि एनसीपी नेता शरीफ उस्मान हादीको हत्या भएपछि भएको हो । हादीको हत्यापछि बंगलादेशमा राजनीतिक अस्थिरता र हिंसात्मक गतिविधि बढ्दै गएको देखिएको छ ।
एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनपछि गठन भएको पार्टी हो । यस पार्टीमा हसिनाविरुद्ध आन्दोलनमा सक्रिय व्यक्तिहरू तथा ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थीहरू आबद्ध छन् । एनसीपी बंगलादेशमा पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी हुँदैछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बंगलादेशी प्रहरीले जनाएको छ ।










प्रतिक्रिया