Logo

मनोरञ्जन

‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल



काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ ।
फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार गर्न उक्त फिल्मका कलाकार पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन् ।
मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरेका हुन् । यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको सामाजिक सञ्जालका भिडियोहरुमा देख्न सकिन्छ ।
पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका छन् । उक्त महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि औधी खुशी भएको देखिन्छ ।
यसैगरी सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो । उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ४३ बजे