Logo

प्रदेश

मधेसमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलको धर्ना लगातार छैटौँ दिन


२८ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति ‘असंवैधानिक’ भएको दाबी गर्दै सात राजनीतिक दलले शुक्रबार पनि मधेस भवन अगाडि धर्ना जारी राखे। धर्नामा पूर्वमन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूको सहभागिता थियो।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त गरी कात्तिक २४ गते शपथ गराएकी थिइन्। उक्त नियुक्ति पछि एमालेबाहेकका दलहरूले निरन्तर विरोध गर्दै आएका छन्।

सात दलले ७४ प्रदेशसभा सदस्यको समर्थनसहित धारा १६८(२) का आधारमा बहुमत सरकार गठन गर्ने अवस्था हुँदाहुँदै ‘गलत उद्देश्यले’ धारा १६८(३) प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ३३ बजे