Logo

कोशी

रजनी थापा बनिन् मिस कोशी २०२५


२४ कार्तिक २०८२, सोमबार  

46
Shares

विराटनगर, मोरंग । मोरंगकी रजनी थापा मिस कोशी २०२५ घोषित भएकी छन्। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न नवौं संस्करणको मिस कोशी प्रतियोगितामा उनले १६ जना फाइनलिस्टलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन्।

प्रतियोगितामा बर्जु, सुनसरीकी दिपान्जली राई फर्स्ट रनरअप, ईनरुवाकी गरिमा शाशंकर (गुरॉंश) सेकन्ड रनरअप, काठमाडौंकी भूमिका नेपाल थर्ड रनरअप र धरानकी दिया राई फोर्थ रनरअप घोषित भए।

अर्गनाइजर च्वाइसको उपाधि सुन्दरहरैचाकी लक्ष्मी चौधरीले प्राप्त गरिन्। अन्य उपाधिहरूमा अर्जुनधाराकी युनिका विश्वकर्माले मिस पपुलर र मिस मल्टिमिडिया, ईटहरीकी अपेक्ष्या चौधरीले मिस पब्लिक च्वाइस र मिस क्याटवाक, बेलबारीकी सरु लिम्बुले मिस ब्यूटी विथ ब्रेन, रजनी थापाले मिस पर्सनालिटी, गरिमा शाशंकर (गुरॉंश) ले मिस ट्यालेन्ट, सिमरन साहु (विराटनगर) ले मिस फोटोजेनिक, दिया राईले मिस ब्यूटिफुल स्माइल, दिपान्जली राईले मिस ब्यूटिफुल हेयर, लक्ष्मी चौधरीले मिस इन्टेलेक्ट, निमा राजबंशी (विराटनगर) ले मिस फिजिक, दिपिका साह (विराटनगर) ले मिस बेस्ट ट्रान्सफर्मेशन र भूमिका नेपालले मिस रिफ्रेसिङ फेसको उपाधि जिते।

कार्यक्रमका प्रमुख अतिथि मोरंगका उप–प्रमुख जिल्ला अधिकारी सरोज कोइराला थिए। निर्णायकमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, मिस कोशी २०२४ की विजेता शुभलक्ष्मी राई र निर्माता–निर्देशक नितीन कुमार चन्द रहेका थिए।

मिस कोशी २०२५ की विजेता रजनी थापाले नगद एक लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३४ बजे