Logo

प्रदेश

जुम्लाको नराकोट इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवा अवरुद्ध


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

मुगु । जुम्लाको नराकोटस्थित इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द रहँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि अनुपस्थित रहँदा कार्यालयका सबै प्रशासनिक सेवा ठप्प बन्न पुगेका हुन् ।

कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली दर्ता–नवीकरण तथा सिफारिसजस्ता दैनिक आवश्यक सेवा पाउन स्थानीयले कठिनाइ भोग्नुपरेको छ । काम लिएर कार्यालय पुगेका सेवाग्राहीहरू निराश बनेर फर्किन पर्ने बाध्यता छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार कार्यालय प्रमुख नहुँदा केही काम जिल्ला प्रशासन कार्यालयबाट डाक मार्फत गराइँदै आएको थियो ।

उनका अनुसार मन्त्रालयको निर्णयअनुसार नयाँ प्रमुख तोकिएको छ र उनी भोलि काठमाडौंबाट जुम्ला आइपुग्नेछन् । प्रमुख आएपछि कार्यालयले पुनः नियमित रूपमा सेवा सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार नराकोट इलाका प्रशासन कार्यालयमा अधिकृत स्तरका कर्मचारी नबस्ने समस्या पटक–पटक दोहोरिँदै आएको छ । हरेक छ महिनामा कार्यालय बन्द हुँदा बारम्बार सेवाबाट वञ्चित हुनुपरेको गुनासो उनीहरूको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : २० बजे