Logo

मुख्य समाचार

लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु


२२ कार्तिक २०८२, शनिबार  

230
Shares

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मस्र्याङ्दी गाउँपालिका–३, खुदिबाट सोही पालिका–६, नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

मृत्यु हुनेमा जिप चालक, ३० वर्षीय विनोद खड्का (दोलखा, मेलुङ–४) र २५ वर्षीय पारस खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार, घाइतेहरूलाई उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा लगिएको थियो, तर उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।

सोही जिपमा सवार २० वर्षीय उमेश लिम्बू (ताप्लेजुङ, सिदिङ्वा–४) भने सकुशल रहेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ५० बजे