Logo

प्रदेश

मेची राजमार्ग अवरुद्ध, इलाम–झापा सडक सम्पर्क विच्छेद


१४ कार्तिक २०८२, शुक्रबार  

46
Shares

इलाम — लगातारको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ, जसका कारण इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार बिहीबारदेखि परेको अविरल वर्षाले सडकका विभिन्न स्थान भासिएका छन्। सडक असुरक्षित बनेपछि अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको उनले जानकारी दिइन्।

यससँगै मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण बन्द भएको छ।

यस्तै, मेची कोरिडोरअन्तर्गत केचना–कञ्चनजंघा सडकखण्डमा पर्ने बेलासेस्थित माइखोलाको पक्की पुल असोज १८ गते भाँचिएपछि सो मार्ग पनि अवरुद्ध छ।

सबै मुख्य र वैकल्पिक सडकमार्ग बन्द भएपछि इलाम सदरमुकाम र झापाबीचको सम्पूर्ण सडक सम्पर्क विच्छेद भएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ०६ बजे