Logo

मुख्य समाचार

ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त



काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन्। उनी तेल अविभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। हमासद्वारा बन्धक बनाइएका २० जना व्यक्तिहरूको रिहाइको क्रम जारी रहँदा ट्रम्प इजरायल पुगेका हुन्।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार, हालसम्म रेड क्रसको समन्वयमा २० मध्ये सात जनालाई उत्तरी गाजाबाट इजरायली सेनालाई सुपुर्द गरिएको छ। रिहा गरिएका बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल रहेका छन्।

रिहा गरिएका बन्धकहरूको प्रारम्भिक मानसिक र शारीरिक परीक्षणपछि उनीहरूलाई परिवारसँग भेट गराउने तयारी भइरहेको इजरायली अधिकारीहरूले जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले रिहा बन्धकहरूलाई समर्पित व्यक्तिगत सन्देश सार्वजनिक गरेका छन्।

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा तेल अविभको समुद्री किनारमा ड्रोनमार्फत ‘थ्यांक यू ट्रम्प’ भन्ने सन्देश प्रक्षेपण गरिएको थियो। होस्टेज स्क्वायरलगायत विभिन्न स्थानमा नागरिकहरूले झण्डा र बन्धकहरूको तस्वीरसहित प्रदर्शन गरेका थिए।

बन्धक रिहाइसम्बन्धी सम्झौताको अंशस्वरूप, इजरायलले करिब २,००० प्यालेस्टिनी बन्दी रिहा गर्ने र गाजा क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउने जनाएको छ। गाजाका केही क्षेत्रमा खाद्य अभाव र भोकमरीको अवस्था देखिएको जनाइएको छ।

एएनआई

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ३७ बजे