Logo

मनोरञ्जन

बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन मनाइयो



एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिनको अवसरमा उनका प्रशंसकहरुले खुशीयाली मनाएका छन् ।

‘बिग बी’ भनेर चिनिने अमिताभ ८३ वर्ष पुगेको अवसरमा प्रशंसकहरू शनिबार भारतको मुम्बईस्थित उनको घर बाहिर भेला भएका थिए। अमिताभ आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्दै र उपहारहरू प्रदान गरेको दृश्य निकै रोचक देखिन्छ ।

भारतको पश्चिमी सुरत शहरमा, एक कलाकारले हीरा प्रयोग गरेर अभिनेताको चित्र समेत बनाएका थिए । हालैका वर्षहरूमा, उनी ‘कौन बनेगा करोडपति’ को सेलिब्रेटी होस्टको रूपमा चर्चित छन् ।

१९६९ मा फिल्म उद्योगमा सामेल भएका उनका २०० भन्दा बढी चलचित्रहरू निर्माण भएका छन् ।  १९८२ मा एक फिल्म सेटमा एक एक्सन दृश्यको छायांकनको क्रममा अभिनेतालाई घातक चोट लागेको थियो र उनी धेरै महिनासम्म गम्भीर बिरामी भएका थिए । ( –एएनआइ)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०० बजे