Logo

विश्व

उत्तरी क्यारोलिनामा गोली चल्दा तीनको मृत्यु, आठ घाइते



साउथपोर्ट, उत्तरी क्यारोलिना – शनिबार राति साउथपोर्टको वाटरफ्रन्ट बारमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

स्थानीय सार्वजनिक सूचना अधिकारी चिएन केचमका अनुसार, बन्दुकधारीहरूले साउथपोर्ट याट बेसिनमा राति करिब ९ः३० बजे भीडमा गोली चलाएका थिए। घटनास्थलमा शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको छ।

साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले आइतबार पुष्टि गर्दै भने कि घटनाको कारणले हाल स्थानीय समुदायलाई कुनै प्रत्यक्ष खतरा छैन।

यस अघि सामाजिक सञ्जालमार्फत प्रहरीले मानिसहरूलाई घटनास्थलबाट टाढा रहन र अनुसन्धान पूरा नभएसम्म घरमै बस्न आग्रह गरेको थियो।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : ५४ बजे