Logo

विश्व

ट्रम्पद्वारा अमेरिकी टेलिभिजन नेटवर्कको लाइसेन्स खोस्ने चेतावनी


३ आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही टेलिभिजन नेटवर्कको लाइसेन्स खोस्ने चेतावनी दिएका छन्।

डिज्नीको स्वामित्वमा रहेको एबीसीले बुधबार कमेडियन जिमी किमेललाई अनिश्चितकालका लागि शोबाट हटाएको घोषणा गरेको थियो। यो कदम कन्जरभेटिभ कार्यकर्ता चार्ली कर्कको हत्या सम्बन्धी किमेलको टिप्पणीका कारण उठेको विवादपछि आएको हो।

किमेलले सोमबार उक्त हत्याको संदिग्धलाई ‘मागा रिपब्लिकन’ भनेका थिए। तर युटा अधिकारीहरूले ती बन्दुकधारी वामपन्थी विचारधाराबाट प्रभावित भएको बताएका थिए।

फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले किमेलको टिप्पणीमाथि कारबाही गर्ने चेतावनी दिएपछि एबीसीले ‘जिमी किमेल लाइभ !’ को प्रसारण बन्द गरेको थियो।

बिहीबार बेलायत भ्रमणपछि फर्कंदै गर्दा एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई नकारात्मक प्रचार मात्र गरिएको दाबी गरे। उनले भने, “मैले पढेँ, ९७ प्रतिशत कभरेज मेरो विरोधमा थियो। तर म चुनाव जितेँ र सजिलै जितेँ। सातै स्विङ स्टेट्स जितेँ।”

ट्रम्पले थपे, “उनीहरूसँग लाइसेन्स छ। मेरो विचारमा उनीहरूको लाइसेन्स खोसिनुपर्छ।”

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ४३ बजे