काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत संरचनाको मंगलबार अवलोकन गरेका छन् ।
अवलोकनपछि मुख्यमन्त्री पाण्डेले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयहरूबाट तत्काल नियमित सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिने उनले बताए ।
पाण्डेले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै नेपाललाई कमजोर पार्ने तत्वहरूले विध्वंस मच्चाएको आरोप लगाए । उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया