Logo

समाचार

नवनियुक्त तीन मन्त्रीको आज साढे ११ बजे शपथ



काठमाडौं — नवनियुक्त तीन मन्त्रीले आज बिहान साढे ११ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार अर्थ मन्त्रालयमा अर्थविद् रामेश्वर खनाल, ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ र गृहमन्त्रालयमा ओमप्रकाश अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बाँकी मन्त्रालयमा मन्त्री थप्ने प्रक्रिया क्रमशः अघि बढाइने तयारी छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : १५ बजे